Aamsanchar

झापा : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बास्तोलाद्वारा प्रहरी कार्यालयहरुको आकस्मिक निरीक्षण तथा अनुगमन

Author Image
बिहिवार, असार २१, २०८०

झापा- कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले झापा जिल्लाको बिभिन्न प्रहरी कार्यालयहरुको आकस्मिक निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।  आकस्मिक निरीक्षणको क्रममा उहाँले इलाका प्रहरी कार्यालय अनारमनी, काँकरभिट्टा र बिपद ब्यबस्थापन गुल्म चन्द्रगढीको निरीक्षण गर्नु भएको हो ।
सोही क्रममा कार्यरत प्रहरी कर्मचारीहरुलाई आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न र खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन र बाढी पहिरो जस्ता बिपदको समयमा उद्धार कार्यको लागी तयारी अवस्थामा रहन निर्देशन दिनु भएको छ ।

Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर