Aamsanchar

महिलाका लागि विराटनगरमा आत्मरक्षा सम्बन्धी तालिम सम्पन्न

Author Image
आइतवार, असार २४, २०८०

विराटनगर – महिलाहरूको आत्मरक्षाका लागि विराटनगरमा  आत्मरक्षा सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । आत्मरक्षा सम्बन्धी तालिम कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको हो । पछिल्लो समय महिलाहरू असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइएको छ । तालिममा महिलाहरूले घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न किसिमका हिंसालाई कसरी पहिचान गर्ने र त्यसबाट कसरी आफ्नो बचाउ गर्ने विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा प्रयोगात्मक अभ्याससमेत गराइएको थियो । आत्मरक्षा तालिममा सुनसरी र मोरङका निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । कक्षा ९ र १० मा अध्ययनरत एक सय ५० जनाभन्दा बढी छात्राले भाग लिएका थिए । काठमाडौँ र प्रदेशका पाँच जना प्रशिक्षकले उनीहरूलाई प्रशिक्षण दिएका थिए ।

Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर