

काठमाण्डाै – सुनको भाउ आज बढेको छ ।तोलामा तीन सय रुपैयाँले बढेर सुनकाे भाउ आज एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको भाउ भने आज पनि स्थिर छ । गएको शुक्रवारदेखि चाँदीको भाउमा कुनै घटबढ भएको छैन। चाँदी तोलामा एक हजार चार सय ८० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी महासङ्घले जनाएको छ ।
Views: 138


