Aamsanchar

सुनको भाउ बढ्यो

Author Image
बुधवार, साउन ३, २०८०

काठमाण्डौ – सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । तोलामा सुन एक लाख १३ हजार एक सय रुपैयाँमा पुगेको छ ।

यसअघि गएको जेठ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख १३ हजार तीन सय रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउले नयाँ रेकर्ड राखेको छ । चाँदी अहिलेसम्मकै महँगो भएको छ ।

चाँदी आज तोलाको एक हजार चार सय ९० रुपैयाँ पुगेको नपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलामा एक हजार चार सय ८० रुपैयाँ थियो ।

Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२