Aamsanchar

खोटाङ र तेह्रथुमा भएका  छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृ*त्यु

Author Image
शुक्रवार, साउन १२, २०८०

विराटनगर  ः खोटाङ र तेह्रथुमा भएका  छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बिहीबार दिउँसो १ बजे खोटाङको खोटेहाङ गाउपालिका–६ कच्चि सडक खण्ड स्थितमा खोटाङ बजारबाट रसुवातर्फ जाँदै गरेको ना ६ त २४६६  नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल झरी दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक खोटेहाङ–३ का २३ वर्षीय पवन तामाङको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।  ​

त्यसैगरी तेह्रथुमको आठराइ गाउँपालिका–६ स्थित बा ६८ प ५८३८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका पछाडि सवार आठराई–३ का २५ वर्षीय नबिन थिङलावुको फिदिम अस्पतालतर्फ लाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकल चालक धरान–१५ का २६ वर्षीय सुरेन्द्र राईको धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आठराइले जनाएको छ।

Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर