

दाङ – दाङमा चित्तलको १७ केजी मासुसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लमही-६ का ४५ वर्षीय नुरबहादुर कुमाल, गढवा-६ का ३० वर्षीय मनोज थापा मगर, गढवा-६ कै ३१ वर्षीय करण केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।उनले आइतबार बेलुकी साढे पाँच बजे घोराही-३ कुइरेपानीमा चेकजाँच गर्नेक्रममा जेब्रा झोलामा लुकाएको अवस्थामा चित्तलको मासु फेला परेको बताए ।उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय घोराही, दाङलाई बुझाइएको प्रहरीले बताएको छ ।
Views: 140

