Aamsanchar

इटालीका पूर्व गोलरक्षक जियानलुइगी बुफोनद्वारा ४५ वर्षको उमेरमा फुटबलबाट सन्यास

Author Image
बिहिवार, साउन १८, २०८०

काठमाण्डाै – इटालीका पूर्व गोलरक्षक तथा विश्वकप विजेता जियानलुइगी बुफोनले ४५ वर्षको उमेरमा फुटबलबाट सन्यास लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् सन्यासको घोषणा गरेका हुन् ।

२८ वर्षको व्यावसायिक खेल अवधिमा उनले सन् २००६ देखि युभेन्ट्सबाट १० सिरी ए र पेरिस सेन्ट–जर्मेइनबाट एक लिग वान उपाधि जितेका छन् ।

बुफोनले सन् १९९५ मा पर्माबाट व्यावसायिक खेल करिअर शुरु गरेका थिए । सन् २०१८ को विश्व कपमा छनोट हुन नसकेपछि बुफोनले त्यसबेला नै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए ।

सन् २००६ मा भएको विश्व कपमा फ्रान्सलाई टाइब्रेकरमा हराएर इटालीले उपाधि जित्दा उनी टोलीका सदस्य थिए । निर्धारित समयमा एक/एक गोलको बराबरीपछि टाइब्रेकरमा इटाली ५–३ गोलले विजयी भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर