Aamsanchar

ठेचोबाट एक महिला मध्यरातमा ओछ्यानबाटै बेपत्ता

Author Image
शनिवार, साउन २०, २०८०

ललितपुर : ललितपुरको ठेचोबाट एक महिला मध्यरातमा ओछ्यानबाटै बेपत्ता भएकी छन् । कोठाबाट गाँउ फर्कने तयारी गरिरहेको अवस्थामा गत सोमबार राति ओछ्यानबाट बेपत्ता भएको उनका श्रीमान् प्रेमबहादुर मगरले बताए ।

उनले भने,‘कपडा र १३ हजार पैसा बेकेर उनी म उठ्नु अघिनै उनि हिँडिछन् ।’

महानगरीय प्रहरी बृत्त चापागाउँका अनुसार सर्लाही श्रीकालिञ्जोर घर भई गोदावरी- १२ ठेचोमा कोठा लिएर बस्ने तारा भन्ने सुमित्रा वाइवा गत सोमबारबाट बेपत्ता भएकी हुन् । श्रीमान प्रेमबहादुर मगर, दाजु सोमबहादुर मगर र बेपत्ता ताराकी दिदी निर्मला तामाङले खोजीका लागि निवेदन दिएका छन् ।

करिब ३ महिना अघिदेखि ठेचोमा बस्दै आएका उनीहरुबीच सामान्य झगडा भएको थियो । उनका पति मगरले विभिन्न ठाँउमा खोजी गरे पनि फेला पर्न नसकेको बताए ।

उनकी दिदी आयुषी तामाङ श्रीमान् प्रेमबहादुरसँग झगडा परिरहने गरेको बताउँछिन् ।

आफूहरु कोठा छोडेर गाउँ फर्कन तयारी गरिरहेको समयमा तारा बेपत्ता भएको श्रीमानको भनाई छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर