Aamsanchar

धनुषामा कुहिएको अवस्थामा महिलाको शव भेटियो

Author Image
शनिवार, साउन २०, २०८०

ढल्केवर : धनुषामा कुहिएको अवस्थामा महिलाको शव फेला परेको छ । मिथिला नगरपालिका-५ स्थित औरहीथान सामुदायिक वनस्थित जलाद खोलाको डाँडामा कुहिएको अवस्थामा पहिचान खुल्न नसकेको अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

शव कुहिएको अवस्थामा फेला परेकोले पहिचान गर्न समस्या भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कबिन राईले जानकारी दिए । उनका अनुसार दुई साताभन्दा बढीको शव हुनसक्ने प्रारम्भिक अनुमान छ । ‘अहिले शवको विषयमा ठ्याक्कै यही भको हो भनेर एकिन भन्न सकिने अवस्था छैन । महिला त्यहाँ कसरी पुग्यो भन्ने मूल कुरा हो,’ प्रहरी निरीक्षक राईले भने ‘हामी अनुसन्धान गर्दैछौं । अनुसन्धानपश्चात थप कुराहरु खुल्छ ।’

घटनास्थलबाट बोरा र चप्पल बरामद भएको उनले बताए । एउटा बोराभित्रै ४ वटा चप्पल बरामद भएको छ । त्यो चप्पल पनि तीन रंगको छ,’ प्रहरी निरीक्षक राईले भने । शव फेला परेको महिलाको मानसिक सन्तुलन ठिक नभएको हुनसक्ने अनुमान रहेको उनको भनाई छ ।
शवको पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर