Aamsanchar

१४ हिमाल आरोहण गरी विश्व कीर्तिमान बनाएका आरोही क्रिस्टिन र तेन्जिङलाई काठमाडौंमा स्वागत

Author Image
शनिवार, साउन २०, २०८०

काठमाडौं : तीन महिनामा १४ हिमाल आरोहण गरी विश्व कीर्तिमान बनाएका नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पा नेपाल आइपुगेका छन्। शनिबार बिहान आरोही हरिला र शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो।

हरिला र शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ बाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेका थिए। हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेकी थिइन्।

उनीहरुले सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन्। उनीहरुले अन्तिम पटक पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर) को साउन ११ गते १०:४५ बजे सफल आरोहण गरेका थिए।

यसअघि नेपाली मूलका बेलायती पर्वतारोही निर्मल पूर्जाको नाममा यो कीर्तिमानी रहेको थियो । पूर्जाले सन् २०१९ मा ६ महिना ६ दिनमा आरोहण पूरा गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर