Aamsanchar

भारतमा कार दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु

Author Image
आइतवार, साउन २१, २०८०

नेपालगन्ज : भारतमा भएको सवारी दुर्घटनामा नेपालगन्जका ६ जना नेपालीको मृत्यु भएको छ। शनिबार नेपाली समयअनुसार साँझ साढे ६ बजे भारतको उत्तर प्रदेश राज्यस्थित श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा नेपालगन्जको त्रिभुवन चोकका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा नेपालगन्जका व्यापारी दुई परिवारका गरी ६ जनाको मृत्यु भएको हो।

त्रिभुवन चोकस्थित ‘एसकुमार वाच’का सञ्चालक घडी व्यवसायी सन्तोष कुमार गुप्ता, उनका दुई छोरा र एक छोरीको मृत्यु भएको छ। यस्तै गुप्ताकै नातेदार हरि ओम मेडिकलका सञ्चालकका छोरा र छोरीको मृत्यु भएको नेपालगन्जका प्रहरी नायब निरीक्षक नारायण डाँगीले जानकारी दिए।

कारका चालक सख्त घाइते छन्। भारतबाट नेपालगन्ज फर्किदै गरेको अवस्थामा उक्त दुर्घटना भएको हो। उत्तर प्रदेशको सञ्चारमाध्यमले कार रुखमा ठोक्किएर दुर्घटना भएको जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर