Aamsanchar

सर्पले डसेर १२ बर्षिय बालकको ज्यान गयाे

Author Image
मङ्गलवार, साउन २३, २०८०

सर्लाही – सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा सर्पले डसेर एक बालकको ज्यान गएकाे छ । मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका १२ वर्षका छोरा नुरसैद्द अन्सारीको सर्पको डसाइबाट ज्यान गएकाे हाे।

ईश्वरपुर नगरपालिका–१३ श्रीनगरमा रहेकाे मामाघरमा बस्दै आएका उनलाई सुतेकै ठाउँमा सर्पले डसेको प्रहरीले जनाएको छ ।

सर्पले डसेपछि बालकलाई उपचारका लागि लालबन्दी नगरपालिका–१ नवलपुरमा रहेकाे सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । उपचार केन्द्रमा भेन्टिलेटर र आईसीयू सञ्चालनमा नरहेको भन्दै उनलाई जनकपुर रेफर गरिएकाे थियाे । बालककाे जनकपुरमा उपचारका क्रममा बालकको ज्यान गएकाे हाे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर