Aamsanchar

स्कुटर चोर्ने एक युवक पक्राउ

Author Image
बुधवार, साउन २४, २०८०

काठमाडौं – स्कुटर चोरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३० पुतलीसडक घर भएका ३० वर्षीय आजाद रायमाझी उर्फ सफल छन् ।

आजादले असार २२ मा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमाबाट बा.८६ प ३०२२ नम्बरको डिओ स्कुटर चोरेको अनुसन्धानका थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनले सफलजंग रायमाझी नामको फेसवुक पेजबाट सो स्कुटर बिक्रीमा राखेका थिए ।

बुढानिलकण्ठ बस्ने सनिषा योन्जनले ८३ हजारमा स्कुटर खरिद गरेपछि नामसारी गर्न यातायात कार्यालयमा बेलाउँदा रायमाझी फरार भएका थिए । उनले स्कुटरको नम्बर, रङ र ब्लुबुक समेत बदलेर बिक्रीमा राखेको अनुसन्धानबाट थाहा भएको छ ।

आरोपीलाई कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर