Aamsanchar

मिक्लाजुङमा आगलागीमा परेर एक महिलाको मृत्यु

Author Image
बुधवार, साउन २४, २०८०

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाउँमा आगलागीमा परेर एक जनाकाे ज्यान गएकाे छ ।

बुधवार बिहान घरसँगै रहेको भान्साघरमा आगो लागेको र छानो खसेर थिच्दा लेकगाउँकी ५५ वर्षीया सरिता राईकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागीको कारण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले जानकारी दिनुभयो । स्थानीय र प्रहरीले दुई घण्टापछि आगाे निभाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर