Aamsanchar

डुबेर बेपत्ता भएका किशोर तीन दिनपछि मृत फेला

Author Image
शनिवार, साउन २७, २०८०

राँझा : बाँकेको खजुरा गाउँपालिका-७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका किशोर तीन दिनपछि मृत फेला परेका छन्।

जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका–६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनार बुधबार अपराह्न ४ बजेतिर बेपत्ता भएका थिए । करिब २०० मिटर तल रहेको पीबीसी इँटाभट्टा नजिक नालामा गए राति सुनारको शव फेला परेको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए।

बेपत्ता सुनारको शव धनौली इलाका प्रहरी कार्यालयबाट खटिएको सुरक्षाकर्मीको टोलीसहित रहेका स्थानीय गोपाल तामाङले नालाबाट निकालेका हुन्।
सुनारको शव शुक्रबारनै भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका लागि ल्याइएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक बेल्बासेले बताए।

जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुनार खोलामा बाढी आएको समयमा पौडी खेल्दा बेपत्ता भएको विद्यालयको व्यवस्थापन समिति अध्यक्ष दलकृष्ण सुनारले जानकारी दिए।

लगातारको बर्सातले बाँकेको खजुरा गाउँपालिका क्षेत्रमा बग्ने जेठी नाला, किरण नाला र पेडारी नालामा बाढी आएको छ । बर्सातमा बाढी आउने खोला नाला, पोखरी, पानी जमेको ठाँउमा दुर्घटना हुनसक्ने भएकाले सतर्कता अपनाउन खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले आग्रह गरे।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर