Aamsanchar

नदीमा दाउरा टिप्न गएका ३ जना बेपत्ता

Author Image
आइतवार, साउन २८, २०८०

बर्दिया : बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा छुट्टाछुट्टै स्थानबाट ३ जना डुबेर बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए।

बेपत्ताको खोजी जारीरहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए।

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर