Aamsanchar

 ज्येष्ठ नागरिकको सम्मानमा गीत तयार 

Author Image
मङ्गलवार, साउन ३०, २०८०

चारपाने ।  झापामा पहिलो पटक ज्येष्ठ नागरिकलाई सम्बोधन गर्दै  गीत निर्माण गरिएको छ ।  ज्येष्ठ माता पिताहरूको दैनिकी जीवनलाई शब्द दृष्यमा उतारिएको  ‘ज्येष्ठ चौतारी’ नामक भिडियो गीत हिजो युवटुव मार्फत सार्वजनिक भएको हो ।
झापाको विभिन्न स्थान र सहारा ज्येष्ठ चौतारीहरूमा छायाँङ्कन गरिएको भिडियो एक जिउँदो इतिहास बनेको छ ।

झापा कनकाई नगरपालिका–८  शीतल चोकका लेखनाथ गुरागाइँको शब्द लेखन र निर्देशनमा निर्माण भएको  ‘ज्येष्ठ चौतारी’ मा स्थानीय जगन राई र तुलसा पाठकको आवाज रहेको छ ।

जगन राईकै एरेन्ज, छायांकन र सम्पादन रहेको गीतको अडियो रेकर्डिङ भने सनलाइट म्युजिक बिर्तामोडका जोनी तामाङ योञ्जनले गरेका थिए ।
तिलक रिजालको मुख्य छायांकन रहेको गीति भिडियोमा वीरबहादुर चौहान, निमेष ढुङ्गानाले कोरसको भूमिका निर्वाह गरेका छन् ।

झापाको चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारीले संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत झापाका विभिन्न स्थानमा ज्येष्ठ चौतारीहरू निर्माण गरिदिएको छ । सहाराले निर्माण गरेको चौतारो हरूमा दैनिक सयौँ ज्येष्ठ नागरिकहरू एक आपसका हितैसी साथीभाइहरू सँग भेटघाट गरेर रमाइलो गर्ने गरेको दृष्यले आफूलाई तिनै ज्येष्ठ नागरिकहरूको खुसीका पलहरूलाई शब्दमा उच्चारण गरेर गीत तयार गर्न प्रेरणा मिलेको लेखक गुरागाइँले बताए ।  

भिडियो हेर्नुहोस ।

https://youtu.be/6SvwRqer3Tw

Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर