Aamsanchar

दुधकोशी र कमला नदीमा जल सतह खतराको तह भन्दा माथि

Author Image
शुक्रवार, भदौ ८, २०८०

काठमाडौं –सिरहामा पछिल्लो २४ घन्टामा १ सय ९ मिलिमिटर वर्षा भएपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । निरन्तरको वर्षाले नदीहरुमा जल सतह उच्च भएपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन भनेको हो ।

शुक्रबार बिहान मात्रै सिराहामा ४९ दशमलव ४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । दुधकोशी र कमला नदीमा जल सतह खतराको तह भन्दा माथि पुगेको जनाइएको छ ।

खोटाङको रबुवा बजारमा दुधकोशीमा पानीको सतह ६ मिटर नाघेको छ भने सिन्धुलीको रानीबासमा कमला नदीको जलसतह झण्डै ४ मिटर पुगको बाढी पूर्वमानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर