Aamsanchar

कसले बाजी मार्ला ?

Author Image
शुक्रवार, फागुन २७, २०७३

काठमाडौँ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपाल र केन्या शनिबार आमने सामने हुदैँछन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि विहान नेपालले विजय लक्ष्यका साथ केन्याको सामना गर्नेछ । नेपाल र केन्याको लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ । दुवै टोली शीर्ष चारमा रहनको लागि पनि कडा प्रतिस्पर्धा गर्नेछन् ।
शिर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनोटमा छनोट हुने मौका पाउनेछन् ।त्यसैले पनि उक्त खेल निकै प्रतिस्पर्धात्मक बन्नेछ ।
उक्त खेलमा नेपालले दुवै खेल जितेमा १० अङ्क जोड्दै पाँचौं स्थानमा उक्लनेछ । जसले शीर्ष चारको सम्भावनालाई कायम राख्नेछ । यदि दुवै खेल हारेको खण्डमा नेपालको शीर्ष चारमा रहर्ने सम्भावना पनि लगभग समाप्त हुनेछ । त्यसैले पनि शीर्ष चारभित्र आफनो स्थान सुरक्षित गर्न नेपाललाई जित्नैपर्ने दबाब छ । जारी प्रतियोगितामा आठ खेल खेलेको नेपाल ६ अङ्क जोड्दै आठ टोली सम्मिलित च्याम्पियनसिपको छैटौं स्थानमै छ ।
त्यस्तै समान आठै खेल नै खेलेको केन्या चार खेलमा जित हासिल गर्दै आठ अङ्कका साथ अङ्क तालिकामा नेपालभन्दा एक स्थान अगाडि छ ।
केन्यापछि नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेपालसँगको खेल पछि नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ ।
उक्त खेलका लागि नेपालले दुई महिनादेखि तयारी गरिरहेको छ । केही दिनअघि मात्र नेपाल एक साताको भारत भ्रमण गरेर फर्किएको थियो । त्यहाँ नेपालले विभिन्न टोलीसँग अभ्यास खेल खेलेको थियो ।
बलर करणको स्वास्थ्यमा समस्या

राष्ट्रिय क्रिकेट टोलीका बलर करण केसी स्वास्थ्य समस्याका कारण बल्खुस्थित बयोधा अस्पताल भर्ना भएका छन् ।
पेट दुख्नुका साथै बान्ता भएपछि उनलाई अस्पताल भर्ना गरिएको नेपाली टोलीका टेक्निकल एनालिष्ट रमन सिवाकोटीले जानकारी दिनुभयो ।
उहाँले जानकारी दिए अनुसार करणलाई एपेण्डिक्स भएको कारण तत्काल अपरेसन गर्नुपर्नेछ । उनको स्थानमा कुन खेलाडीलाई बोलाउने भन्नेबारे निर्णय भइसकेको छैन । आइसीसीले स्वीकृत दिएपछि मात्र करणको स्थानमा अर्का खेलाडी ल्याइने एनालिष्ट सिवाकोटीले जानकारी दिनुभयो ।
यता कप्तान पारस खड्का पनि उक्त खेल खेल्ने या नखेल्ने भन्ने निक्योल हुन सकेको छैन । उनले तीन साता अघिमात्र एपेण्डिक्सको सल्यक्रिया गरेका थिए । कप्तान खड्काले आफु शारिरीक तथा मानसिक रुपमा तयार भएको भन्दै भोलिको खेल खेल्ने या नखेल्ने भोलि नै तय हुने बताए ।
टिकट
उक्त खेलको लागि आइसीसीबाट टिकट बिक्रीको अधिकार पाएको ई–सेवाले सबै टिकट बिक्री भइसकेको जनाएको छ । ई–सेवाका अनुसार पहिलो खेलका लागि ११ हजार दुई सय टिकट विक्री भइसकेको छ ।
सोमबार हुने दोस्रो खेलको टिकट भने बाँकी छ । टिकटको मूल्य रु दुई सय तोकिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर