

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनपछि आज सुनको मूल्य ६०० रुपैयाँले बढेको हो ।

मंगलबार छापावाल सुन तोलामा एक लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिका चार दिन सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Views: 81

