काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल तथा डिजेल/मट्टीतेलमा क्रमशः प्रतिलिटर ४ र ३ रुपैयाँ बढाइएको छ ।
अब काठमाडौंमा पेट्रोललाई प्रतिलिटर १८२ र डिजेल तथा मट्टीतेललाई १७० रुपैयाँ पर्ने छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढाइएको छ । साविकको खुद्रा बिक्री मूल्यमा प्रतिसिलिन्डर एकैपटक २३५ रुपैयाँले वृद्धि गरिएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य आएकाले नेपालमा पनि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढाइएको निगमले जनाएको छ ।
नयाँ मूल्य आज रातिबाट लागु हुने छ । यसअघि साउन ३० गते पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
1
+1
+1
+1
Views: 54