काठमाडौं : युईएफए च्याम्पियन्स लिगको समूह विभाजन (ड्र) सार्वजनिक गरिकोछ । पहिलो पटक उपाधि जित्ने योजनासहित ठूलो लगानी गरिरहेको फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) यसपटक पनि कठिन समूहमा परेको छ ।
समूह ‘एफ’ मा पिएसजीसँगै बुन्डेसलिगाको बोरुसिया डर्टमन्ड, इटालिन सिरी ए को एसि मिलान र इङ्लिस प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको न्युक्यासल छन्।
यसैगरी बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिखले समूह ए मा म्यानचेष्टर युनाइटेडको सामना गर्नेछ। समूह ‘बी’ मा आर्सनल र सेभिया छन्। समूह ‘इ’ मा सिरी ए च्याम्पियन नापोली र रियाल मड्रिड रहँदा समूह ‘डी’ मा बेन्फिका, इन्टर मिलान छन्।
साविक विजेता म्याचेष्टर सिटी भने सहज समूहमा छ। समूह ‘जी’ मा सिटीसहित बुन्डेसलिगा क्लब आरबी लाइपजिग छन्। यसैगरी स्पेनिस बार्सिलोनाले पनि एफसी पोर्टोसम्मिलित सहज समूहमा प्रतिस्पर्धा गर्दैछ।
समूह चरणका खेल सेप्टेम्बर १९ देखि डिसेम्बर १३ सम्म चल्नेछ भने आगामी बर्सको जुन १ च्याम्पियन्स लिगको फाइनल खेल हुनेछ।