Aamsanchar

बिर्तामोडमा १८ गते शान्ति सद्भाव र्याली हुने

Author Image
शुक्रवार, भदौ १५, २०८०

बिर्तामोड ।  राष्ट्रिय जनावर तथा ॐकार परिवारले माता समान मान्दै आएको गोवंश हत्या बन्द गर्नुपर्ने माग राखेर ॐकार परिवार झापाले आगामी भदौ १८ गते सोमवार झापाको बिर्तामोडमा गोवंश तथा स्वधर्म संरक्षण शान्ति सद्भाव र्यालीको आयोजना गर्ने भएको छ । ॐकार परिवार झापाले शुक्रवार (आज) बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी भड्किएको सामाजिक सद्भावप्रति चिन्ता व्यक्त गर्दै शान्ति सद्भाव र्यालीको आयोजना गर्ने भएको हो ।

केही दिनअघि सुनसरीको धरानमा गोवंश हत्या गरि सार्वजनिक रुपमा सामाजिक सञ्जालमा राखेर विश्व ॐकार परिवारको आस्था माथि प्रहार गरेको निष्कर्ष निकाल्दै ॐकार परिवार झापाले विरोध र्याली गर्न लागेको जनाइएको छ ।

गौ माता (गाई) विश्वकी माता र विश्व ॐकार परिवारकी आराध्य देवी भएकी  र नेपालको वर्तमान संविधानको धारा ९ को उपधारा ३ ले गाईलाई राष्ट्रिय जनावरको रूपमा संरक्षण गरेको शंकराचार्य पीठ साधुटारको अध्यक्ष तथा ॐकार परिवार झापाका प्रवक्ता लक्ष्मीप्रसाद खतिवडाले बताए ।

देशैभर गाई काटेर खान पाउनु पर्छ भनेर केही हिंस्रकले धरान उपमहानगरपालिका प्रमुख र  प्रमुख जिल्ला अधिकारी सुनसरीलाई ज्ञापनपत्र समेत बुझाएर अनादि कालदेखि धार्मिक सहिष्णुतासँग मिलेर बसेको समाजका बीच धार्मिक तथा  सामाजिक सद्भाव भड्काउने कार्यले विश्व ॐकार परिवार मर्माहत भएको बताइएको छ ।

ॐकार परिवार झापाले असंख्य व्यक्तिको उपस्थितिमा बिर्तामोडमा भदौ १८ गते सोमवार बिहान ११ बजेबाट गोवंश तथा स्वधर्म संरक्षण शान्ति सद्भाव र्यालीको आयोजना गरेको छ ।

पत्रकार भेटघाट कार्यक्रममा संयोजक नन्दकिशोर भारद्वाज, प्रसाद सुब्बा, मुस्लिम समाजका पूर्व झापा अध्यक्ष अलिअमिन सेख, विदुषी बिन्दा बराल, पण्डित शान्तिराम नेपाल, सोमनाथ सुवेदी, आशुतोष खनाल, अग्नि सिग्देल, डिके लामालगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर