Aamsanchar

आइसीसी विश्व लिग च्याम्पियनसिप क्रिकेटः नेपाल केन्यासँग ५ विकेटले पराजित

Author Image
शनिवार, फागुन २८, २०७३

काठमाडौंः

आइसीसी विश्व लिग च्याम्पियनसिप क्रिकेटमा नेपाल केन्यासँग पाँच विकेट पराजित भएको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल केन्यासँग पाँच विकेटले पराजित भएको हो। पानी परेपछि २६ ओभरमा छोट्टाइएको खेलमा केन्याले पाएको ९४ रनको विजयी लक्ष्य २४.१ अोभरमा पाँच विकेट गुमाउँदै भेट्टायो।

केन्याका  कप्तान रकिप पटेल ३४ र गुरदिप १२ रनमा अविजित रहे भने कोलिन्स ओबोयाले २४ रन बनाए ।केन्याका लागि इर्फान करिमले ८ र धिरेन गोन्दारियाले ७ रन जोडे । नेपालका लागि सन्दिप लामिछाने र सागर पुनले २-२ तथा बसन्त रेग्मीले एक विकेट लिएका थिए।

वर्षाका कारण बीचमै खेल रोकिएपछि ३८ ओभरको खेल डिएल मेथडका आधारमा फेरि २९ ओभरमा छोट्याइएको थियो। तर, केन्या जवाफी व्याटिङमा उत्रिएका बेला पानी परेपछि खेल २६ ओभरमा छोट्याइएको थियो। नेपालले ३६ ओभर ८ विकेट गुमाएर ११२ रन बनाउँदा पुनः वर्षाभएपछि खेल २९ ओभरमा छोट्याइएको थियो। त्यसपछि केन्याले २९ ओभरमा १०४ रनको विजयी लक्ष्य पाएको थियो। तर, पछि फेरि पानी परेपछि केन्याले २६ ओभरमा ९४ रनको लक्ष्य पायो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २७ रन तथा केन्याविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका दिपेन्द्रसिंह ऐरीले १९ रन बनाए। शक्ति गौचन १८ र सोमपाल कामी १५ रनमा अविजित रहे। गौचन र कामीले ३० रनको साभेदारी गरे।

ओपनर सुनिल धमला ३ रनमा पभिलियन फर्किँदा सागर पुन १० रनमा आउट भए। यसैगरी बसन्त रेग्भीले ६, विनोद भण्डारीले ४, शरद भेष्वाकरले ३ र मेहबुब आलमले २ रन जोडेका थिए। नेपालले अब केन्याविरुद्धको दोस्रो खेल सोमबार खेल्नेछ। अन्नपूर्ण

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर