Aamsanchar

भुटानविरुद्ध नेपालले उत्कृष्ट बलिङ

Author Image
आइतवार, भदौ १७, २०८०

आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ । मलेसियाको बांगीस्थित वाइएसडी–युकेएम क्रिकेट ओभलमा टस जितेर फिल्डिङ रोजेको नेपालले उत्कृष्ट बलिङको मद्दतमा भुटानलाई ३९ रनमै रोकेको हो ।

भुटानका लागि डेचन वाङ्मोले सर्वाधिक २१ रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । नेपालका लागि पूजा महतोले तीन, कविता कुँवर, रुबिना क्षेत्री र खुसी डंगोलले एकरएक विकेट लिए ।

नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो ।

भुटान पहिलो खेलमा यूएईसँग पराजित भएको थियो । दोस्रो खेलमा भने उसले कतारलाई हराएको थियो । भुटान दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना जीवितै राख्न चाहन्छ ।

नेपालले आज विकेटकिपर काजल श्रेष्ठको स्थानमा रुवि पोदारलाई मौका दिएको छ । नेपालले चौथो खेलमा सोमबार कतार तथा मंगलबार यूएईसँग खेल्ने तालिका छ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । यस्तै, समूह ‘बी’ मा चीन, हङकङ, थाइल्याण्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् । फरकधार बाट ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर