Aamsanchar

बिर्तामोडमा स्वधर्म संरक्षण शान्ति सद्भाव र्याली सम्पन्न 

Author Image
सोमवार, भदौ १८, २०८०

बिर्तामोड ।  राष्ट्रिय जनावर तथा ॐकार परिवारले माता समान मान्दै आएको गोवंश हत्या बन्द गर्नुपर्ने माग राखेर ॐकार परिवार झापाले बिर्तामोडमा गोवंश तथा स्वधर्म संरक्षण शान्ति सद्भाव र्याली सम्पन्न गरेको छ । ॐकार परिवार झापाले आज ९सोमबार० बिर्तामोडको सिटी सेन्टरबाट र्याली सुरु गरेर बिर्तामोड मुक्तिचोक पश्चिम अदुवा पुल नजिकै धार्मिक कोणसभा गरेको हो ।

भड्किएको सामाजिक सद्भाव प्रति चिन्ता व्यक्त गर्दै शान्ति सद्भाव र्यालीको आयोजना गरिएको शंकराचार्य पीठ साधुटारका अध्यक्ष तथा ॐकार परिवार झापाका प्रवक्ता लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए ।केही दिनअघि सुनसरीको धरानमा गोवंश हत्या गरि सार्वजनिक रुपमा सामाजिक सञ्जालमा राखेर विश्व ॐकार परिवारको आस्था माथि प्रहार गरेको निष्कर्ष निकाल्दै ॐकार परिवार झापाले विरोध र्याली आयोजना गरेको कार्यक्रमका सभाध्यक्ष नन्दकिशोर भारध्वजले बताए  ।

गौ माता (गाई) विश्वकी माता र विश्व ॐकार परिवारकी आराध्य देवी भएकी  र नेपालको वर्तमान संविधानको धारा ९ को उपधारा ३ ले गाईलाई राष्ट्रिय जनावरको रूपमा संरक्षण गरेको र गो वंश हत्यामा संलग्नहरूलाई कानुनी कठघरामा ल्याउन धर्म गुरुहरूले सरकार समक्ष माग राखेका छन् ।

धार्मिक सभामा हिन्दु सनाती समुदायका अगुवा कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रथम जगत गुरु बालसन्त मोहनशरण देव अच्युत प्रपन्न स्वामीजी, दिनबन्धु शास्त्री, प्रणामी समुदाय बाइजु राज महिला समिति झापाकी अध्यक्ष नीरा ओली, मारवाडी महिला मञ्चकी अध्यक्ष निर्मला जोशी, सतासीधामका अध्यक्ष प्रसाद सुब्बा, धर्मिक व्यक्तित्वहरू अशोक सुब्बा, प्रेम थुलुङलगायतले मन्तव्य राखेका थिए ।

झापाका विभिन्न स्थानबाट आएका मठ मन्दिरका प्रतिनिधि र कृर्तिन मण्डली समूह सदस्यहरूको र्यालीमा उपस्थिति रहेको थियो । आजको र्यालीमा सयौँको सङ्ख्यामा हिन्दु सनातनीहरुको उपस्थिति देखिएको थियो ।

कार्यक्रमको सञ्चालन अर्जुनधारा जलेश्वरधामका पिठाधीश अग्नि सिग्देल र मदन मोहन अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१