Aamsanchar

रानी–विराटनगर सडकखण्डमा कलेज बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

Author Image
सोमवार, भदौ १८, २०८०

विराटनगर : विराटनगरको रानी–विराटनगर सडकखण्डमा कलेज बसले ठक्कर दिँदा सोमबार साइकलयात्रीको मृत्यु भएको छ।

प्रहरीका अनुसार नेशनल एकेडेमी कलेजको ग १ ख ७६९९ नम्बरको बसले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। सडक क्रस गर्दै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको साइकललाई दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बसले विराटनगर महानगरपालिका-१३ मा ठक्कर दिएको थियो। दुर्घटनास्थल कोसी प्रदेशका मुख्यमन्त्रीको निवासअगाडि पर्छ।

दुर्घटनामा परेर मोरङको रंगेली नगरपालिका–१ का ६२ वर्षीय गणेश श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार विद्यार्थी बोकेर रानीबाट विराटनगरतर्फ आउँदै गरेको बसले बिहान ११:३० बजेतिर ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा न्युरो अस्पतालमा साँझ
५:३० बजेतिर मृत्यु भएको दाहालले बताए।

बस र चालक विराटनगर–३ का ५६ वर्षीय दलबहादुर कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर