Aamsanchar

वीरता लेडी जेसीजको सप्ताह सुरु, कार्यक्रम ‘सफलताको यात्रा’ मा चार जनाले सिकाए सफल हुने सूत्र

Author Image
मङ्गलवार, भदौ १९, २०८०

चारपाने ।  झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले जेसीज सप्ताह कार्यक्रम उद्घाटन गरेको छ ।
चारपाने स्थित सहारा नेपाल साकोसको सभाहलमा आज (मंगलबार) आयोजित एक औपचारिक कार्यक्रम मार्फत वीरता लेडी जेसीजले जेसीज सप्ताह कार्यक्रम शुभारम्भ गरेको हो ।

वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीको अध्यक्षता र सहकारी अभियन्ता, सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा जेसीज सप्ताह उद्घाटन भएको छ ।
सफलताको यात्रा, जेसीज के हो ?, महिला अधिकार संरक्षणमा कानूनी व्यवस्था, आफ्नो भविष्यमा केन्द्रित हुनुहोस्, राजनीतिमा महिला सहभागिता –चुनौती र सम्भावना जस्ता अभिमुखीकरण कार्यक्रमहरू सप्ताह कार्यक्रम अन्तरगत रहने वीरता लेडी जेसीज अध्यक्ष गिरीले बताइन ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि महेन्द्रकुमार गिरी, संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्व अध्यक्ष एवम् नेपाल जेसीज उपाध्यक्ष स्वस्तिका आचार्य, सञ्चारिका समूह झापाकी अध्यक्ष लिला अनमोल, नेपाल जेसीज उपाध्यक्ष भिमकुमार कुँवर, नेपाल जेसीज पूर्व उपाध्यक्ष विशाल थापा, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी सुरज कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा जेसीज सप्ताह मूल संयोजक संगीता चिमरियाले औचित्यमाथि प्रकाश, उद्घाटन कार्यक्रमकी संयोजक रोजिना पाण्डेले स्वागत गरेकी थिइन भने कार्यक्रमको सञ्चालन महासचिव निशा शाक्यले गरेकी थिइन ।

वीरता लेडी जेसीजले सप्ताह अन्तरगतको दोस्रो कार्यक्रम ‘सफलताको यात्रा’ आज नै सम्पन्न गरेको छ । पहिलो कार्यक्रम उद्घाटन समारोहलाई लिइएको छ भने दोस्रो कार्यक्रम ‘सफलताका यात्रा’ले सहभागीहरूको ध्यान खिचेको थियो ।

तस्वीरमा क्रमस : मेहन्द्रकुमार गिरी, डा. प्रेयंका कटवाल, दिपेश पाठक र सर्मिला पाठक ।

स्थानीय स्तरमा व्यवसायिक, सामाजिक रुपमा आफ्नो परिचय स्थापित गराउन सफल र कार्यक्रमको नाम अनुसार सफलताको यात्रामा निरन्तर अघि बढिरहेका चारजना व्यक्तित्वहरुले सहभागी समक्ष सफलताको यात्राको क्रममा प्राप्त गरेको अनुभव, भोगाइ र सिकाइका विषयहरू सुनाएका थिए ।

नेपालकै अब्बल सहकारी बन्न सफल सहारा नेपाल साकोसले प्राप्त गरेको सफलताको भित्री कथा र उक्त सफलताको लागि आफू र आफ्नो टिमले गरेको मेहेनतको गाथाहरु कार्यक्रमका प्रमुख वक्ता, सहारा नेपाल साकोसका कार्यकारी निर्देशक तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीले सहभागीहरूलाई सुनाएका थिए ।

त्यस्तै स्वास्थ्य क्षेत्र तर्फबाट क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रियङ्का कटुवाल,  आईटी क्षेत्र इक्यान झापाका संस्थापक अध्यक्ष दिपेश पाठक र व्यवसायिक क्षेत्र तर्फ उद्योगी सर्मिला पाठकले आफ्नो जीवनको भगाई, अवसर र चुनौती बारेमा आफ्नो अनुभवहरू सहभागी समक्ष साझा गरेका थिए ।

नेपाल जेसीजले निर्देशित गरेको वार्षिक कार्यक्रम अन्तरगत पर्ने जेसीज सप्ताह कार्यक्रम देशैभरीका जेसीज शाखाहरुले आयोजना गर्ने गर्दछन ।  जेसीजहरुले महान पर्वको रुपमा लिएर लगातार ७ वटा कार्यक्रमहरू उत्साहपूर्वक सम्पन्न गरे पछि जेसीज सप्ताह कार्यक्रमको औचित्य पुरा हुन्छ । यस कार्यक्रम अन्तरगत आन्तरिक संस्थागत र सामाजिक कार्यलगायत स्थानीय आवसेकता अनुसार विभिन्न क्षेत्रमा जेसीज सप्ताह कार्यक्रमलाई जोड्न सकिने जेसीज अभियन्ताहरूको भनाई छ ।

सन् २००४ मा स्थापना भएको वीरता लेडी जेसीज नेपाल जेसीजबाट उत्कृष्ट शाखाको रुपमा सम्मानित शाखा हो । वीरता लेडी जेसीजले यस अघि जेसीजका राष्ट्रिय तथा क्षेत्रीय स्तरीय कार्यक्रमहरू सफलता पूर्वक सम्पन्न गरेर नेपाल जेसीज र बिर्तामोडमा दर्बिलो विश्वासिलो पहिचानको छाप छोड्न सफल बनेको छ ।

नेपाल जेसीजको आगामी क्षेत्र (क) सम्मेलन वीरता लेडी जेसीजको आतिथ्यमा सम्पन्न गर्नको लागि लेडी जेसीज परिवारले केही महिना अघि देखिनै तयारी सुरु गरेको निवर्तमान अध्यक्ष संगीता चिमरियाले बताइन ।

जेसीज सप्ताह भदौ २५ गते समापन हुने कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर