Aamsanchar

प्रवेश शुल्कबापत ताप्लेजुङ गोल्डकप फुटबलबाट ११ लाखभन्दा धेरै रकम संकलन

Author Image
बुधवार, भदौ २०, २०८०

ताप्लेजुङ – ताप्लेजुङमा भइरहेको ताप्लेजुङ गोल्डकप फुटबलबाट ११ लाखभन्दा धेरै रकम रुपैयाँ उठेको छ । खेल हेर्ने प्रवेश शुल्कबापतको रकमबाट ११ लाख २१ हजार रकम संकलन भएको हो ।

सोमवार र मङ्गलवार भएको सेमिफाइनल खेलबाट चार लाख ६५ हजार रुपैयाँ सङ्कलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार क्वाटरफाइनलबाट छ लाख ५५ हजार आठ सय रकम सङ्कलन भएको हो ।

सेमिफाइनल खेल हेर्न दुई सय र क्वाटरफाइनलका लागि एक सय रुपैयाँ टिकटदर तोकिएको थियो । यस्तै आज हुने फाइनल खेलका लागि पनि दुई सय नै टिकट शुल्क निर्धारण गरिएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

खेलको पहिलो दिन भदौ १४ गते एक लाख ७० हजार आठ सय, १५ गते एक लाख ३१ हजार सात सय, १६ गते एक लाख ७५ हजार सात सय तथा भदौ १७ गते एक लाख ७७ हजार सात सयको टिकट बिक्री भएको थियो ।

यसैबीच सेमिफाइनलको पहिलो दिन भदौ १८ गते एक लाख ५८ हजार चार सय र दोस्रो दिन भदौ १९ गते तीन लाख सात हजार चार रकम सङ्कलन भएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । खेलमा वृद्धवृद्धा, बालबालिका तथा अशक्तका लागि भने निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा भारतको दार्जिलिङसहित आठ टोली सहभागी छन् । उपाधिका लागि आज जुट विकास फुटबल एकेडेमी इटहरी, सुनसरी तथा रेडहर्ष फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगिताको विजेताले तीन लाख ११ हजार एक सय ११ र उपविजेताले एक लाख ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । ताप्लेजुङ गोल्डकप ताप्लेजुङ जिल्लाका ठूलो प्रतियोगिता हो । विसं २०२९ देखि प्रत्येक वर्ष लाखेजात्राको अवसरमा प्रतियोगिताको आयोजना हुँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर