Aamsanchar

वालिङमा दुईजना लागुऔषधसहित पक्राउ

Author Image
आइतवार, भदौ २४, २०८०

स्याङ्जा : वालिङमा दुईजना लागुऔषधसहित पक्राउ परेका छन्।  वालिङ नगरपालिका- १० स्थित भकुण्डेमा पोखरा महानगरपालिकाका १७ वर्षीय शिव बस्नेत र स्याङ्जा विरुवाका २२ वर्षीया अजय राना पक्राउ परेको प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिए।

सवारी साधन चेकजाँचका क्रममा बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख. ५१५ नं. को बसमा यात्राका क्रममा शनिबार साँझ उनीहरू पक्राउ परेका हुन्।

उनीहरूका झोलाबाट डाइजोपाम ५० एम्पुल, फेनारागत ५० एम्पुल, नोफिन ५० एम्पुलसहित एक सय ५० एम्पुल प्रहरीले जनाएको छ। यसका बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर