Aamsanchar

टस जितेकाे भारत श्रीलङ्का विरूद्ध पहिला ब्याटिङ गर्ने

Author Image
मङ्गलवार, भदौ २६, २०८०

काठमाण्डाै – एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा श्रीलङ्कासँगकाे खेलमा भारतले टस जितेकाे छ ।

काेलम्बाेमा टस जितेर भारतका कप्तान राेहित शर्माले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । भारतले याे खेलमा एक जना खेलाडी परिवर्तन गरेकाे छ । शार्दुल ठाकुरकाे ठाउँमा अक्षर पटेललाई टिममा राखिएकाे छ । श्रीलङ्काले भने टिममा कुनै परिवर्तन गरेकाे छैन ।

याे खेल जितेमा भारत फाइनलमा पुग्नेछ । हिजाे साेमवार राति भएकाे खेलमा भारतले पाकिस्तानलाई २ सय ३८ रनले हराएकाे थियाे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर