Aamsanchar

विराटनगरको सीमावर्ती क्षेत्रबाट ४० किलो गाँजासहित माेटरसाइकल बरामद

Author Image
बुधवार, भदौ २७, २०८०

विराटनगर – विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट प्रहरीले ४० किलोग्राम गाँजा बरामद गरेको छ ।

मंगलबार राति ४० किलो लागुऔषध गाँजा बरामद गरेको हो ।विराटनगर महानगरपालिका-१४ स्थित आईसीपी सडकखण्डबाट राति १०:१० बजे को१७प ८६३ नम्बरको मोटरसाइकलमा गाँजा फेला पारेको हो ।प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडेर चालक फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।मोटरसाइकल र गाँजा नियन्त्रणमा लिएको प्रहरीले फरार रहेका चालकको खोजी भइरहेको उनले बताए ।

Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर