Aamsanchar

अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

Author Image
बिहिवार, भदौ २८, २०८०

डडेल्धुरा – डडेल्धुराको हगुल्टे लेकमा अटो दुर्घटना हुँदा डोटीका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  डोटीको शिखर नगरपालिका वडा नं. ८ का चालक पदमबहादुर बलायर र केशव महराको मृत्यु भएको हो।

साथै सोही ठाउँका वीरेन्द्र कुँवर घाइते भएका डडेल्धुरा अस्पताल डडेल्धुरा पुगेका शिखर नगरपालिकाका नगर प्रमुख दिर्घबहादुर बलायरले जानकारी दिए ।

धनगढीबाट डोटीतर्फ आइरहेको अटो  हगुल्टे नजिकै दुर्घटना भएको थियो। घाइते एक जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको बाँकीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कुमार कार्कीले जानकारी दिए ।

उनले भने, ‘इन्स्पेक्टर नेतृत्वको टोली घटनास्थलमा पुगेको छ, दुई जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ,  अटो अहिलेसम्म भेटिएको छैन कुहिरो लागेका कारण खोजी कार्यमा समस्या भइरहेको छ ।’ थप विवरण आउन बाँकी रहेको प्रहरीले बाताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर