Aamsanchar

एसिया कप : उपाधिका लागि भारत र श्रीलंका भिड्दै

Author Image
आइतवार, भदौ ३१, २०८०

काठमाडौं – एसिया कप क्रिकेटको फाइनल खेलमा आइतबार भारत र श्रीलंका भिड्नेछन् ।

यो खेल श्रीलंकाको कोलम्बोमा नेपाली समय अनुसार दिउँसो सवा तिन बजे सुरु हुनेछ । सुपर फोर चरणमा श्रीलंकालाई हराएको भारत आइतबार फाइनलमा पनि सोही लय दोहोर्‍याउन चाहन्छ । तर, श्रीलंका पनि आजको खेल जित्दै एसिया कपको इतिहासमा सर्वाधिक सात उपाधि जित्ने भारतको किर्तीमान बराबरी गर्न चाहन्छ ।

पछिल्ला वर्षहरुमा आर्थिक मन्दीबाट गुज्रिरहेको श्रीलंकाको क्रिकेट पनि खस्किएको छ । एक दिवसिय वरियताको आठौं स्थानमा रहेको टोली श्रीलंका छनौट चरण पार गरेर मात्रै आसन्न विश्वकपमा छानिएको छ ।

एसिया कपमा भने सुधारिएको प्रदर्शन गरेको श्रीलंकाले भारतमा अर्को महिना हुने विश्वकप क्रिकेटको लागि पनि आशा जगाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर