Aamsanchar

अमेरिकाबाट आएकाे ‘पार्सल’ मा गाँजा र हेरोइन भेटिएपछि ….

Author Image
आइतवार, भदौ ३१, २०८०

काठमाण्डौ – अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव दुई सय १० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो काठमाण्डौले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने छ र खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ गरेको जानकारी दिएको छ । उनीहरूमाथि लागुऔषध ९नियन्त्रण० ऐन २०३३ बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीको भनाइ छ । पक्राउ परेकाहरूलाई आज आइतवार सार्वजनिक गर्दै प्रहरी उपरीक्षक जोशीले ुपार्सलु मा गाँजा पत्ता लागेपछि उनीहरूलाई पक्राउ गरिएको बताउनुभयो ।

प्रहरीका अनुसार अमेरिकाबाट हुलाकमार्फत डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय वीरगञ्जमा प्राप्त हुने गरी पठाइएकोमा एउटा कार्टुन शङ्का लागि जाँच गर्दा नौ सय ग्राम गाँजा बरामद गरिएको हो । त्यो कार्टुन पार्सल लिन आउने व्यक्ति खोज्न ुकन्ट्रोल डेलिभरीु गर्दा वीरगञ्जका डल्लुराम र त्यही ठाउँका हविव मियालाई पक्राउ गरिएको थियो ।

अमेरिकाबाट डिल्लीबजार हुलाकमार्फत जिल्ला हुलाक कार्यालय पोखरामा प्राप्त हुने गरी पठाइएको अर्को कार्टुन जाँच गर्दा एक किलो चार सय ग्राम गाँजा फेला परेको ब्युरोले जनाएको छ । त्यही क्रममा गाँजा लिन आउने भारतीय नागरिक २४ वर्षे अजिन भर्गेसलाई हुलाक कार्यालयबाटै पक्राउ गरिएको थियो । उनको डेराबाट थप सात सय २० ग्राम गाँजा बरामद गरिएको छ ।

हुलाकमार्फत आएको गाँजा लिन आउने डडेलधुराकी रेनुका तामाङलाई पनि पक्राउ गरिएको छ । उनको बयानका आधारमा गाँजा लिन पठाउने भारतीय नागरिक अरुण कुमार र मोहमद नईमलाई पनि पक्राउ गरिएको हो । उनीहरूको साथबाट नौ सय ३९ ग्राम गाँजा बरामद गरिएको छ ।

ब्युरोले खैरो हेरोइनसहित कञ्चनपुरका हिक्मत हमाल, दाङका सञ्जय नेपाली, मोरङका विनोद भट्टराई र झापा बस्ने भारतीय नागरिक लाल मियालाई पनि पक्राउ गरेको जानकारी दिएको छ । उनीहरूको साथबाट दुई सय ६८ ग्रामभन्दा बढी खैरो हेरोइन बरामद भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर