Aamsanchar

लोकगायक सन्तोष योञ्जनको नयाँ पूर्वेली गीत ‘माछीमा काँडे नि हौ खुकुरी’

Author Image
मङ्गलवार, असोज २, २०८०

ओखलढुंगा । लोकगायक सन्तोष योञ्जनको नयाँ लोकगीत सार्वजनिक भएको छ । उनको ‘माछीमा काँडे नि हौ खुकुरी’ गीतको अडियो सार्वजनिक भएको हो ।

हाक्पारे झ्याउरे भाकाको उक्त पूर्वेली लोक गीत हाट बजार तथा पर्वमा गाउने चलन छ । तेह्रथुम तथा अरुण उपत्यकामा रहेका प्रख्यात तुक्काहरुलाई जोडेर हराउँदै गएको यो भाकालाई संरक्षणका लागि रेकर्डिङ गरिएको हो । पछिल्लो समय पूर्वेली लोकभाका तथा साहित्य संकलन तथा संरक्षणमा काम गर्दै आएको र त्यसैको निरन्तरतास्वरुप नयाँ भाका बजारमा ल्याएको योञ्जनले बताए ।

उक्त गीतमा संकलक लोकगायक योञ्जन आफैँ छन् । गीतको स्रोत व्यक्ति दधिराम श्रेष्ठ हुन् । गीतको एरेन्ट रूद्र श्रेष्ठले गरेका छन् । पूर्वाञ्चल रेकर्डिङ स्टुडियो इटहरीमा रेकर्डिङ गरिएको उक्त गीतमा दीपेन्द्र राई, अपेक्षा तामाङलगायतको कोरस रहेको छ ।

गीतको लिंक

https://youtu.be/AZLyeAyHlzA?si=pmgh-e8iFm4SgF5i

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर