Aamsanchar

ताप्लेजुङको हिमाली गाउँ घुन्सा र फलेमा पहिलाे पल्ट फल्याे स्याउ

Author Image
बुधवार, असोज ३, २०८०

ताप्लेजुङ – ताप्लेजुङको हिमाली गाउँ घुन्सा र फलेमा स्याउ फल्न थालेको छ । पहिलो पटक स्याउ रोपेको गाउँमा यस वर्षदेखि फल्न थालेको हो ।

तीन हजार चार सय मिटर उचाइमा रहेको घुन्सामा रोपेको स्याउ छ महिनामै फल्न थालेको फक्ताङलुङ गाउँपालिका ६ का वडाध्यक्ष पेमाटाँसी शेर्पाले बताउनुभयो । त्यहाँ परीक्षणका लागि २० वटा बिरुवा रोपिएका छन् । अब स्याउ खेती विस्तार गर्ने वडाध्यक्ष शेर्पाले बताउनुभयो । यस्तै फलेमा पनि स्याउ फल्न थालेको छ ।

दिगो पर्यावरणीय कृषिअन्तर्गत स्विट्जरल्यान्डको प्राविधिक सहयोग तथा पुतली सहयोग योजनाको आर्थिक सहयोग र स्थानीय समुदायको व्यवस्थापनमा परीक्षणका लागि रोपिएको स्याउ फल्न थालेको हो । अहिले फुजी, गोल्डेन डेलिसियस प्रजातिका स्याउका बिरुवा रोपिएको छ ।

ताप्लेजुङमा अहिलेसम्म व्यावसायिक रूपमा स्याउ खेती गरिएको छैन । अब घुन्सामा फलेको स्याउको गुणस्तर परीक्षण गरी व्यावसायिक खेती शुरु गर्ने तयारी रहेको पनि उहाँले बताउनुभयो ।

तस्वीर : घुन्सामा स्याउ फलेको । मिङ्माडण्डु शेर्पाको फेसबुकबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर