Aamsanchar

बिर्तामोड भाटभटेनीलाई उपभोक्ताको साथ, छुट सुविधा यथावत

Author Image
शनिवार, असोज ६, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा असोज ४ गते बाट सञ्चालनमा आएको भाटभटेनी सुपर मार्केटले उद्घाटनको अवसर पारेर तिन दिन सम्मको लागि उपभोग्य बस्तु खरिदमा दिएको छुट सुविधालाई निरन्तरता दिने भएको छ ।

आर्थिक मन्दीकै बिच सञ्चालनमा आएको भाटभटेनी प्रति उपभोक्ताको तर्फबाट प्राप्त साथ र सद्भावको कारण हौसला मिलेकोले छुट सुविधालाई यथावत गर्ने निर्णय भएको भाटभटेनी सुपर मार्केटका व्यवस्थापक बिनोद भट्टराईले जानकारी दिए ।

ग्रोसरी, रेडिमेड गार्मेन्ट, फुटवेयर एवम् किचनवेयर लगायतका सामानहरूमा प्रदान गरेको १० तथा इलेक्ट्रोनिक्सका सामानहरूका प्रदान गरेको २० प्रतिशत सम्मको छुट सुविधाहरू अर्को सूचना नआउँदा सम्मका लागि यथावतै रहने भाटभटेनी ग्रुपले जानकारी गराएको हो ।

समुदघाटनकै दिनबाट उपभोक्ताहरुको राम्रो  उपस्थिति पाएको भाटभटेनीले आज तेस्रो दिनमा पनि सपिङका लागि आउने  उपभोक्ताहरूको उत्साहजनक उपस्थिति रहेको छ ।

१५ कट्ठा  क्षेत्रफलमा करिब २ लाख ५० हजार सपिङ स्पेस सहित सञ्चलनमा आएको यो स्टोरमा २ अर्ब बढी लगानी भएको जनाईएको  छ । यो स्टोर कोशी प्रदेशको चौथो तथा झापा जिल्ला को पहिलो हो । यस अघि कोशी प्रदेशको  धरान, विराटनगर तथा इटहरीमा स्टोर सञ्चलनमा आइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
Views: 289

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१
आज सुनको मूल्य
बुधवार, मंसिर ५, २०८१