Aamsanchar

बसकाे ठक्करबाट सशस्त्र प्रहरी हवल्दारकाे मृत्यु, चालक नियन्त्रणमा

Author Image
बुधवार, असोज १०, २०८०

काठमाडौं-  बैतडीमा सशस्त्र प्रहरी हवल्दारलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गएराति १ बजेतिर दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ हरिचन मोडमा बसले ठक्कर दिँदा पाटन–८ हरिचनका ४० वर्षीय नरेन्द्रसिंह महराको मृत्यु भएको थियो।

उनी सशस्त्र प्रहरी बाजुरमा हवलदार पदमा कार्यरत रहेका थिए। बाजुराबाट घर आइरहेका महरा खोड्पेमा गाडीबाट झरेपछि पैदल घरतर्फ आइरहेका बेला सुदूरपश्चिम यातायातको ना ८ ख ७९७० नम्बरको बसले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए।

धनगढीबाट दार्चुलातर्फ गएको बसले महरालाई ठक्कर दिएको थियो। प्रहरीले बस र बसका चालक कञ्चनपुरको पुनर्वास नगरपालिका घर भएका जनकराज गिरीलाई खोचलेकबाट नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर