

काठमाडौं – साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारत विरुद्ध गोल फर्काएको छ ।७४ मिनेटमा नेपालका लागि समीर तामाङले बराबरी गोल गरेका हुन् । उनले दीपक थापा मगरको असिस्टमा हेडर गोल गरेका हुन् ।

यसअघि भारतले २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । गोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले डिबक्स भित्रैबाट पोष्टमा प्रहार गरेका हुन् ।

नेपाल समूह एको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने भारत समूह बीको विजेता टिम हो ।

अहिलेको खेल जित्नेले फाइनलमा पाकिस्तानसँग खेल्ने छ ।
Views: 95

