काठमाडौँ – चालू आर्थिक वर्षमा नेपालबाट अम्रिसोको निर्यात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा अम्रिसोको निर्यात ह्वात्तै बढेको हो ।चालू वर्षको दुई महिनाको अवधिमा नेपालबाट २१ करोड २९ लाख ९४ हजार रुपैयाँको अम्रिसो निर्यात भएको छ । यस अवधिमा नेपालबाट उक्त मूल्य बराबरको १७ लाख ७४ हजार किलोग्राम अम्रिसो निर्यात भएको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको यही अवधिमा नेपालबाट जम्मा ११ करोड ३० लाख २२ हजार रुपैयाँको अम्रिसो निर्यात भएको थियो । गतवर्ष उक्त मूल्य बराबरको २२ लाख ६२ हजारभन्दा धेरै किलोग्राम अम्रिसो निर्यात भएको तथ्यांकमा देखिएको छ । यो चालू वर्षकोभन्दा १० करोडले कम हो ।
गत वर्ष २२ लाख ६२ हजार किलोग्राम अम्रिसो निर्यात भएको थियो । जबकी, चालू वर्षमा १७ लाख ७४ हजार किलोग्राम अम्रिसो निर्यात भएको छ । यसले गत वर्षकोभन्दा चालू वर्षमा परिमाण घटेपनि निर्यातबाट भित्रिएको रकम भने बढेको देखाउँछ ।