

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा घरको सिँढीबाट लडेर ७० वर्षीया वृद्धाको ज्यान गएको छ ।

शुक्रवार आज बिहान नगरपालिकाको वडा ९ गाँजरी बस्ने ७० वर्षीया कलावती महरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरी कार्यालय दार्चुलाका अनुसार आफ्नै घरको सिँढीबाट लडेर बेहोस भएकी महरको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बलेन्द्रनाथले जानकारी दिनुभएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Views: 94

