Aamsanchar

कोटीहवल निर्वाचन: साझा उम्मेदवार प्यानलद्वारा निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिक

Author Image
शुक्रवार, असोज १२, २०८०

कनकाई । आगामी असोज १५ गते हुने कनकाई धाम धार्मिक विकास संस्थाको निर्वाचनमा प्यानल सहित खडा भएको साझा उम्मेदवारहरूले आफ्नो प्रतिवद्धता औपचारिक रुपमा सार्वजनिक गरेका छन् ।
आज सुरुंगा स्थित होटल डिलाइटमा प्यानलको चुनाव प्रचार प्रसार समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो ।

नेकपा एमाले कनकाई नगर अध्यक्ष तथा निर्वाचन प्रचार प्रसार समिति संयोजक  खड्गप्रसाद प्रसाईँको अध्यक्षतामा प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो ।

२० बुद्दे प्रतिवद्धता पत्रमा यस्तो लेखिएको छ । 

१, यस कार्यकालमा सुविधा सम्पन्न सन्त आश्रम निर्माण गरिने ।
२, यस कार्यकालमा सबै धार्मिक संघसंस्था तथा बौद्धिक व्यक्तित्वहरू सँगको समन्वय र सहकार्य गरी धार्मिक यज्ञको आयोजना गरी संस्थाको अक्षयकोषलाई बलियो बनाई ने छ ।
३, धार्मिक पाहुनाहरूको आवासका लागि व्यवस्थित आवास गृह निर्माण गरिने छ ।
४, पूर्वाञ्चलमा नै वृहत धार्मिक सभा सम्मेलन जस्ता कार्यक्रमहरू सञ्चालन हेतु एउटै छाना मुनी हजार भन्दा बढी सहभागी अटाउने सभाकक्ष निर्माणका लागि पहल गरिनेछ साथै पर्यटन विकास र विस्तारका लागि सरोकारवालाहरूसँग आवश्यक समन्वय गरिने छ ।
५, गुरुकुल शिक्षालाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक व्यवस्थापन गरिने छ ।
६, कोटिहोम परिसर भित्र रहेको मूल मन्दिरको पुनः निर्माणका लागि सरोकारवाला निकायसँग विशेष पहल गरिनेछ ।
७, सनातन धर्मावलम्बी ॐ कार परिवारहरूको प्रतिनिधित्व हुने गरी परिसर भित्र उपयुक्त स्थानको चयन गरी सङ्ग्रहालयको स्थापना गरिने छ ।
८, पवित्र धार्मिक स्थल क्षेत्रमा व्यवस्थित गौ पालन गरी गौमाताको पवित्र सेवा र व्यावसायिकता प्रदान गरिने छ ।
९, संस्थाको लेखा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाई आर्थिक पारदर्शितालाई मासिक बैठकमा अनुमोदनका लागि पेश गरिने छ ।
१०, निकट भविष्यमा कोटिहोम परिसर भित्रका साधु सन्त र दीनदुःखीहरूका निम्ति निःशुल्क भोजन व्यवस्थापनका लागि दैनिक भोजनालयको व्यवस्था गरिनेछ ।
११, सनातन धर्म अनुसार मनाइने हरेक धार्मिक चाडपर्वहरूलाई विशेष महत्वका साथ मनाउनका लागि आवश्यक व्यवस्था गरिने
१२, सनातन धर्मको चौतर्फी रूपमा जागरण हेतु समय समयमा सन्त सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।
१३, कोटीहोम परिसर भित्र रहेका थर गोत्रीय बन्धु संस्थाहरूसंग समन्वय गरी उपयुक्त रुपमा व्यवस्थापन गरिने छ ।
१४, सरसफाइ तथा स्वच्छ वातावरणका लागि आवश्यक पहल गरिनेछ ।
१५, कनकाई सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरी सामुदायिक वनको नीति भित्र रही विभिन्न बिरुवाहरूको वृक्षरोपणमा समेत जोड दिइने छ ।
१६, कोटिहोम परिसर भित्र रहेको निर्माणाधीन मेची–महाकाली वृद्धाश्रम नेपाललाई पूर्णता दिन प्रयत्न गरिने छ ।
१७,कनकाईधाम धार्मिक विकास संस्था पूर्वाञ्चलको एक मात्र धार्मिक पर्यटकिय स्थल भएकोले यसको स्तरोन्नतिका लागि स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार तथा अन्य संघ संस्थासँग आर्थिक व्यवस्थापनका लागि समन्वय र सहकार्य गरिने छ ।
१८, आवश्यकता अनुसार यस संस्थाको बृहत्तर विकासका लागि धार्मिक तथा बौद्धिक व्यक्तित्वहरूसँग आवश्यक परामर्श लिइने छ ।
१९, यस धार्मिक संस्थालाई धार्मिक सम्पदा सूचीमा सूचिकृत गर्न प्रयत्न गरिने छ।
२०, कनकाई घाटसँग आवश्यक सहमति र समन्वय गरी विविध कार्यक्रमहरू सञ्चालन गरिने छ ।

कार्यक्रममा प्रचार सहसंयोजक लिलाप्रसाद चिमरियाले निर्वाचनको दौरानमा उठेका प्रश्न, टिका टिप्पणी हरुको स्पष्टीकरण गरेका थिए । उनले भने ‘धार्मिक स्थलमा चुनाव नगरौँ भन्ने ध्येय थियो तर परिस्थितिले चुनाव गर्नु परो, दलहरू बीच छलफल गरेर पदहरू बाँडफाँड गरिएकै हो । मुलुक नै दलीय संरचनामा चलेको अवस्थामा दलहरूलाई पाखा लगाएर जान सक्ने अवस्था पनि छैन । स्वस्थता प्रतिष्पर्धा पनि संविधानले दिएको अधिकार हो यसलाई सहजै स्वीकार गर्नुपर्छ र हामी उत्साहजनक ढंगले निर्वाचनमा होमिएका छौं ।   कोटिहवनको विकासको लागि प्रदेश सरकारले ठुलो लगानी गरेको छ । प्रदेशको लगानी भएपछि सरकार सँग मन्त्री जोडिने नै भए, मन्त्री सँग दल जोडिनै हाल्छ । यस कारण पनि हरेक क्षेत्रमा दलको रचनात्मक सहभागिता हुन्छ नै ।’

दलका अध्यक्ष पदका उम्मेदवार नरेन्द्रप्रसाद फूयाल, वरिष्ठ उपाध्यक्ष निर्मलकुमार खतिवडाले आफ्नो प्यानलको एजेण्डा राम्रो भएकाले निर्वाचन जित्ने दावी गरे ।
कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस कनकाई नगर सचिव रेणु कँडेलले गरेका थिए ।

साझा उम्मेदवारहरू    

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१