Aamsanchar

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर २३ वर्षीय युवकको मृ*त्यु

Author Image
शनिवार, असोज १३, २०८०

काठमाडौं – चितवनमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर शनिबार बिहान एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–४, नवदुर्गा चोकमा डेरा गरी बस्दै आएका सर्लाहीको मलंगवा नगरपालिका–१२ का २३ वर्षीय रामु यादवको मृत्यु भएको हो ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा भरतपुर अस्पतालमा उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर