

जनकपुरधाम – महोत्तरीको भंगहा नगरपालिकामा लागूऔषध गाँजा बिक्री गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा भंगहा नगरपालिका-९ हरिनमरीकी २७ वर्षकी रीनाकुमारी देवी छन् । गोप्य सूचनाको आधारमा आइतबार बिहान साढे १० बजे उनको घरमा प्रहरीले चेकजाँच गर्दा २५० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सीतापुर प्रहरी चौकीको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको श्रीमानको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

Views: 111

