Aamsanchar

नेपालले भारतलेविरुद्ध पायाे २०३ रनको लक्ष्य

Author Image
मङ्गलवार, असोज १६, २०८०

काठमाडौं – चीनको होङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा यशस्वी जयसवालको शतकप्रेरित भारतले नेपालविरुद्ध २०३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी क्वार्टरफाइनलमा टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रनको योगफल बनायो ।

नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो ।

भारतले भने आईसीसीको वरीयताअनुसार सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर