मानेभञ्जयाङ (भारत) । चाँद एफसी तीनधारिया सातौ मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । रेडहर्स फुटबल क्लब इलामलाई ४–१ गोल अन्तरले हराउँदै चाँदले अन्तिम ८ मा स्थान तय गरेको हो । खेलको सुरुवाती अग्रता इलामले लिएको थियो । २५ औ मिनेटमा आयुष तिम्सिनाले इलामलाई अग्रता दिलाएका थिए ।
४ मिनेट नवित्दै सौभर तामाङले हेडर गोल गर्दै खेल बराबरी गरे । पहिलो हाफमा बराबरीमा सकिएको खेलको दोश्रो हाफमा चाँदले ३ गोल थप्यो । खेलको ५० मिनेटमा अफ्रिकी खेलाडी मार्टिनले चाँदलाई पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाए ।
६५ औ मिनेटमा मार्टिनले व्यक्तिगत दोश्रो गोल गरे । इन्जुरी समयमा दिवस तामाङले हेडर गोल गर्दै चाँदलाई ४–१ गोल अन्तरको जित निकाल्यो । खेलको म्यान अफ दि म्याच सौरभ तामाङ घोषित भए । जितसंगै चाँदले सेमीफाइनल प्रवेशका लागि जर्जियन एफसी कालेम्पोङ र डिएसए हाउडा कोलकत्ता बिचको बिजेतासंग खेल्नेछ ।
प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा दलसिंहपाडा डुर्वस र सिङलिङ स्पोर्टिङ क्लब सिक्किम बिच प्रतिस्पर्धा हुनेछ ।