Aamsanchar

अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार बेहोर्नु पर्याे : कप्तान पाैडेल

Author Image
बिहिवार, असोज १८, २०८०

काठमाण्डौ – चीनमा चलिरहेको १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

क्वाटरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली आज बिहीवार स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआए पनि खेल राम्रो भएको प्रतिक्रिया दिए । अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार बेहोर्नु परेको उनले बताए ।

कप्तान पौडेलले विश्व कीर्तिमान बन्दा टिम धेरै नै खुशी भएको बताए । आउँदा दिनमा बलिया देशहरूसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने उनको विश्वास छ ।

त्यस्तै अलराउन्डर दीपेन्द्रसिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी लागेको प्रतिक्रिया दिए । उनले अहिले टिम एकजुट भएर खेलिरहेको बताए । एसियाली खेलकुदमा अनुभव बटुल्ने मौका मिलेको भन्दै आउँदा दिनमा झनै राम्रो गर्ने ऐरीको भनाइ छ ।

प्रतियोगितामा सहभागी भई स्वदेश पर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यान्ड बाजासहित स्वागत गरिएको थियो । एसियाली खेलकुदमा नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए पनि नेपालले पहिलो खेलमा मङ्गोलिया र दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर