Aamsanchar

काँकडभिट्टामा पर्यटक सुरक्षा सम्बन्धी सचेतना

Author Image
बिहिवार, असोज १८, २०८०

मेचीनगर । पर्यटकहरूको नेपाल आगमनमा र प्रस्थानको एकीकृत अभिलेख प्रणालीको अभाव, मानसिक सन्तुलन गुमाएका, अलपत्र परेका तथा लागूऔषध दुर्व्यसनीमा परेका विदेशीहरूको उद्धार एवं पुनर्स्थापनामा जटिल र पर्यटकहरूका समस्या समाधानमा विभिन्न सेवा प्रदायक निकाय÷संस्थाहरुको जिम्मेवारी एवं समन्वयको अभावका कारणले पर्यटक सेवा परिकल्पना गरिए अनुसारको प्रभावकारी हुन नसकेको सरोकारवालाहरूको भनाई छ ।

पर्यटन प्रहरीसँग सीमित पूर्वाधार, प्रविधि एवं श्रोतहरू, पर्यटन प्रहरीले सेवा प्रवाह गर्दा मातृभाषा (अंग्रेजी बाहेक ) मात्र बोल्ने  विदेशीहरूसँग संवाद एवं गुनासो सम्बोधनमा समस्या हुनेगरेको आज झापाको काँकडभिट्टामा आयोजित पर्यटक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रममा वक्ताहरूले यस्तो धारणा राखेका हुन ।
छिमेकी राष्ट्र भारतबाट आगमन हुने पर्यटनको सङ्ख्यामा वृद्धि भएपनि तेस्रो मुलुकबाट उल्लेखनीय पर्यटक भित्रिन नसक्दा सम्बन्धित व्यवसायिक संस्थाहरू मारमा परेको स्थानीय पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूले  गुनासो गरेका छन् ।

नेपाल घुम्न तेस्रो मुलुकबाट आउने पर्यटकलाई भारत सरकारले काँकडभिट्टा नाकाबाट प्रवेश नदिदा तेस्रो मुलुकका पर्यटक आगमनको सङ्ख्यामा कमी आएको व्यवसायीहरूको भनाइ छ ।  तेस्रो मुलुकबाट आउने भारतमा रोकिएका पर्यटकलाई सरकारले भारत सरकारसँग समन्वय नगर्दा त्यसको मार नेपालमा सञ्चालनमा आएका ट्राभल्स र होटल व्यवसायमा परेको व्यवसायीहरूको गुनासो रहेको छ ।

भारतीय ५ सय र १ हजारका नोट नेपालमा नचलाउने भनेपछि पनि पर्यटन आगमनमा कमी आएको ट्राभल्स एजेन्सी व्यवसायीको गुनासो थियो । बिदेशको मौद्रिक नीतिसँग नेपालको नीति नमिल्दा पनि डिजिटल प्राविधिबाट रकम भुक्तानीमा समस्या भएको छ । होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेश गोपाल श्रेष्ठले पर्यटकको आगमन न्यून हुँदा होटल होटल व्यवसाय नै शिथिल बनेको बताए ।

होटल व्यवसाय नै लथालिङ्ग हुँदा रोजगारविहीन हुँदै युवा पलायन भइरहेको  उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भने, आआफ्नो घरमा आफै कुचो लगाएर सञ्चालन गरेका होटल बाहेकका होटल बन्द भएका छन् ।, पर्यटक आगमन न्यून भएकाले त्यस्तो समस्या आएको भन्दै उनले पर्यटन सम्बन्धित कार्यालय र सरोकारवालाको ध्यान जान आग्रह गरेका थिए ।

मेचीनगरमा ४५० दर्ता भएका होटल मध्ये हाल १२० वटा मात्रै सञ्चालन भएको पेमा तामाङले बताए । कार्यक्रममा नेपाली र भारतीय रकम परिवर्तन गर्दा पर्यटक ठगिएको जानकारी । कमिसनको चक्करले टुर एण्ड ट्राभल्स अनियमित रुपमा दर्ता दिएकोसमेत तामाङको आरोप थियो । ३५ वटा  ट्राभल्स थियो अहिले ६४ वटा दर्ता दिएको उनको भनाई छ ।

कार्यक्रममा अध्यागमन कार्यालय प्रमुख रेवन्त भट्टराईले कोभिडका कारण पूर्णरुपमा पर्यटक आगमन बन्द थियो अहिले विस्तारै विदेशी र आन्तरिक पर्यटकको चहलपहल बडेको बताए । पर्यटकलाई सस्तो शुल्क लाग्ने देश नेपाल भएको जनाउँदै सार्क भित्रका देशहरूमध्ये नेपालले सबै भन्दा बढी सुविधा दिएकोसमेत जानकारी दिए ।
कयौं नेपाल आएका पर्यटन भारतमा रोकिँदै आएका छन्, पर्यटक सुरक्षा सम्बन्धी एक दिवसीय सचेतना कार्यक्रममा सशस्त्र प्रहरी बल काँकरभिट्टाका प्रहरी नायब निरीक्षक रोहितबहादुर घिमिरेले भारत सरकारले तेस्रो मुलुकबाट आएका पर्यटकलाई नेपाल प्रवेश गर्न नदिएकाले समस्या भएकाले नीतिगत रुपमा समाधान गर्नुपर्ने औँल्याएका थिए ।

मेचीनगर –४ का वडाध्यक्ष अर्जुन कार्कीले गाउँको उत्पादनलाई उपभोग गर्दै पर्यटक भित्र्याउन खालका योजना ल्याउन भन्दै निस्वार्थ र भावनात्मक एकता भए पर्यटक आगमन हुने बताए ।

होमस्टे एशोसिएसन महासङ्घका प्रदेश अध्यक्ष मन्जिल श्रेष्ठले भारतीय सवारीका कारण पनि पर्यटन यात्रामा समस्या आएको गुनासो गरे ।

पर्यटन कार्यालय काँकडभिट्टा र पर्यटक प्रहरी शाखा काँकडभिट्टाको संयुक्त आयोजनामा आयोजित पर्यटक सुरक्षा सम्बन्धी एकदिवसीय सचेतना कार्यक्रमका प्रमुख अतिथि पर्यटन प्रहरी केन्द्रीय कार्यालयका प्रहरी नायब निरीक्षक  नरेन्द्रप्रसाद कुँवरले सहजीकरण गरेका थिए । पर्यटन कार्यालय शाखा काँकरभिट्टा प्रभात भट्टराईको अध्यक्षतामा सम्पन्न पर्यटक सुरक्षा सम्बन्धी एक दिवसीय सचेतना कार्यक्रममा नाटाका उदय श्रेष्ठ, ज्ञानेन्द्र निरौला, लक्ष्मी उप्रेतीलगायतले जिज्ञासा राखेका थिए ।

पर्यटन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी निरज कट्टेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रहरी किरण अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर