Aamsanchar

एसियाली खेलकुद अन्तर्गत क्रिकेटको उपाधि भारतलाई

Author Image
शनिवार, असोज २०, २०८०

काठमाण्डौ – एसियाली खेलकुद अन्तर्गत क्रिकेटको उपाधि भारतले जितेको छ । चीनको हाङझाउमा अफगानिस्तानसँगको खेल वर्षाले रद्द भएपछि भारतले वरियताका आधारमा उपाधिसहित स्वर्णपदक जितेको हो।

वर्षाका कारण ढिला शुरु भएको खेलमा अफगानिस्तानले पहिला ब्याटिङ गर्दै १८ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय १२ रन मात्र बनाएको थियो । तर पानी परेपछि भारतले ब्याटिङ नै गर्न पाएन र खेल रद्द भयो । क्रिकेटमा सहभागी नेपाल भने क्वाटरफाइनलमा भारतसँग पराजित हुँदै बाहिरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर